प्रहरीले साढे बीस हजार लिटर भन्दा बढी घरेलु मदिरा नष्ट गरेको छ। काठमाडौँको तारकेश्वर ९ मनमैजु ग्याडोलस्थित बलराम तामाङको जग्गामा टहराहरु बनाई अबैध घरेलु मदिरा उत्पादन तथा विक्री वितरण गर्दै आएको सूचनाका आधारमा प्रहरीले छापा मारेर मदिरा नष्ट गरेको हो।
संखुवासभा खाँदवारीका दावा शेर्पा र फुर्पु शेर्पाको समुहले व्यबसायिक तरिकाले अबैध घरेलु मदिरा उत्पादन तथा विक्री वितरण गर्दै आएको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया