काठमाडौँ
जिल्लाको खाँडा गाउँ जलेपछि सहयोगी हातहरू जुट्न थालेका छन् । सान्नी त्रिवेणी गाउँपालिका कालिकोटका अध्यक्ष डम्बरबहादुर शाहीले गाउँपालिकाबाट २ लाख नगद सहयोग गरेका छन् । पीडित परिवारको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अध्यक्ष शाहीले राहतस्वरूप रकम सहयोग गरेको बताए ।
आगलागीपीडितका लागि जिल्लामा व्यापक रूपमा राहत संकलन अभियान थालिएको छ । कालिकोट उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्स कालिकोटले जिल्ला सदरमुकाम मान्म बजारमा राहत संकलन अभियान थालेको छ । घटनापछि कर्णाली प्रदेश सरकारले प्रतिघरधुरी २० हजार नगद, लत्ताकपडा र खाद्यान्न राहतस्वरूप उपलब्ध गराउने घोषणा गरेको छ ।
मुख्यन्त्री महेन्द्रबहादुर शाहीले आगलागीबाट घाइते भएकाको उपचारमा कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् । मुख्यमन्त्री शाहीले उक्त क्षेत्रका आगलागीपीडितलाई थप राहत र पुनःस्थापनाको सहयोगका लागि नेपाल सरकार, गृह मन्त्रालय, रेडक्रस तथा अन्य सहयोगी संस्थालाई आग्रह गरेका छन् । आवश्यक राहत सामग्री हेलिकोप्टरबाट लगिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए ।
गृह मन्त्रालयबाट २ सय थान कम्बल, ७० थान त्रिपाल, सय थान ज्याकेट, सय थान ट्राउजरसहितको राहत सामग्री बोकेर हेलिकोप्टरसहित कर्णाली प्रदेशका मुख्यमन्त्री आगलागीपीडित खाडा गाउँ पुगेका छन् ।
हेलिकोप्टरले जिल्ला प्रशासनको पहलमा खाद्य संस्थान कालिकोट शाखाबाट ९० बोरा चामल र रेडक्रसको सहयोगमा केही त्रिपाल, कम्बल, भाँडाकुँडा, साथै स्थानीय चेम्बर अफ कमर्स कालिकोट सहयोगमा संकलित लत्ताकपडा र चाउचाउ लगायतका खाद्य सामग्री लिएर घटनास्थल पुगेको छ । संकलित राहत सामग्री स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहबरमा वितरण गर्ने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले जानकारी दिए ।
आगलागीले पलाता गाउँपालिका–१ खाडागाउँस्थित न्यौपानेबस्तीका ८७ घर जलेर नष्ट भएका छन् । वडाका १६९ घरधुरीमध्ये ८७ वटा घर जलेर नष्ट भएकोे हो । सोमबार बिहानका राति २ बजेबाट लागेको आगो नियन्त्रणमा आउन नसक्दा गाउँका ८७ वटा घर, गोठ र सम्पत्ति जलेर नष्ट भएका हुन् ।
राजधानीबाट





























प्रतिक्रिया