दशगजामा भारतीयको दादागिरी : नियम विपरीत सडक निर्माण

दशगजामा भारतीयको दादागिरी : नियम विपरीत सडक निर्माण

केन्द्रबिन्दु
0
Shares

विराटनगर

मोरङको जहदा गाउपालिका १ कालाबञ्जरस्थित नेपाल र भारतको सिमाक्षेत्र दशगजामा भारतीय पक्षले नियम विपरीत सडक निर्माण गर्न थालेको छ ।

अन्तरराष्ट्रिय सन्धि सम्झौता विपरीत एकपक्षियरुपमा निर्माण शुरु गरिएको सो सडक निर्माण भए नेपालतर्फका बस्तीहरु डुबानमा पर्ने देखिएको छ ।

भारत विहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत ४ को आमगाछी मुसहरी बस्ति हुंदै दशगजामा ५ सय मिटर बढीक्षेत्रमा माटो थुपारेर सडक निर्माण गरिएको छ ।
सो ठाउँमा पारीपट्टि भारत अररियाको आमगाछि मुसहरी बस्ती र नेपालतर्फ जहदा गाउँपालिका १ को कालाबञ्जर बस्ती छ । विहार राज्यका बिधायक मनचन केसरीको बिधायक फण्डबाट उक्त सडक निर्माण सुरु गरिएको भारतीयक्षेत्र आमगाछि मुसहरी बस्तीका उमेश सदाले बताए ।

सडक निर्माण भइरहेको जानकारी पाएपछि सो ठाउँ पुगेका यादवले तत्काल सशस्त्र प्रहरी बेश बुधनगर र इलाका प्रहरी बुधनगरलाई जानकारी गराएर सडक निर्माण रोक्न लगाएका थिए ।

दशगजामा सडक निर्मााण गर्नै नमिल्ने अबस्थामा पनि भारतीय पक्षले जबर्जस्ति सो सडक निर्माण शुरु गरेको देखिएको छ । सो ठाउँमा सडक निर्माण भएपछि लोहन्द्रा र जुडी खोलाको पानी बर्षायाममा थुनिएर जहदाको वडा १ र विराटनगर महानगरपालिकाको वडा नम्बर १७ र १४ पनि जलमग्न हुने स्थानियले जानकारी दिएका छन् ।
नेपाल समाचारपत्रबाट

Logo