मुगु । घुस मागेको आरोपमा नेत्रविक्रम चन्द बिप्लव समूहका कार्यकर्ताहरुले एक ईन्जिनियरमाथि कालोमोसो दलेका छन् । छायानाथ रारा नगरपालिकाका ईन्जिनियर महेश कठायतलाई घुस मागेको आरोपमा कालोमोसो दलेका हुन् ।
नगरपालिकाका विभिन्न योजनामा उपभोक्ताहरुसँग घुस माग्ने गरेको उनीमाथि आरोप छ । स्थानीयको गुनासोपछि विप्लव कार्यकर्ताले निवासमै रहेका ईन्जिनियरलाई कालोमोसो दलेका हुन् । ३८ वर्षीय ईन्जिनियर महेश जुम्ला चन्दननाथ–५ का स्थायी बासिन्दा हुन् ।
साविकको जिल्ला प्राविधिक कार्यालय अन्तरगत सिआईपी परियोजनामा कार्यरत हुँदा सिचाई योजनाका उपभोक्ता समितिहरुबाट मोटो रकम घुस लिएको र हाल छायानाथ नगरपालिकामा कार्यरत रहँदा पनि नगरपालिकाभित्रका योजनाका उपभोक्ता समितिबाट घुस माग्ने गरेको आरोप उनीमाथि लगाइएको हो ।
स्थानीयको गुनासो बढेको भन्दै बिप्लव समूहका दुई कार्यकर्ताले माक्स लगाएर एकाएक उनी बसिरहेको ठाउँमा आएर कालोमोसो दलेका हुन् ।





























प्रतिक्रिया