सडकपेटीमा ‘निर्मला १५० दिन’ लेखेर विरोध प्रदर्शन : निर्मला हत्याको १५० दिन पूरा

सडकपेटीमा ‘निर्मला १५० दिन’ लेखेर विरोध प्रदर्शन : निर्मला हत्याको १५० दिन पूरा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

निर्मलाको न्यायका निम्ति भन्दै दबाबस्वरूप सडकपेटीमा ‘निर्मला १५० दिन’ लेखेर विरोध प्रदर्शन गरिएको छ ।

निर्मलाको बलात्कारपछि हत्या भएको १ सय ५० दिन बितिसक्दा पनि हत्यारा अझै पत्ता नलागेको भन्दै सरकारलाई दवाव दिन आइतबार अपरान्ह बानेश्वरको सडकपेटीमा विरोध स्वरूप ‘निर्मला १५० दिन’ लेखेर प्रदर्शन गरिएको हो ।

उनको गत साउन १० गते बलात्कार पछि हत्या भएको थियो । हाल सम्म घटनामा संलग्नलाई पक्राउ गर्न नसकेपछि प्रहरीलाई ठूलो चुनौती भएको छ भने हत्यारा पक्राउ गरि कारबाहि गर्न भन्दै सडकबाट नागरिक दबाब पनि धेरै नै आएको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo