खोटाङ
ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको मृत्यु भएको छ । दिक्तेलबजारबाट शनिबार राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा जाँदै गरेको को २ त ५६६० नम्बरको खाली ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको कालीखोलामा पल्टिँदा दुई जनाको घट्नास्थलमै र एक जनाको उपचारकोक्रममा मृत्यु भएको हो ।
ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खस्दा निर्मलीडाँडाका ट्याक्टर चालक तथा ट्याक्टर धनी ३५ वर्षीय मिनप्रसाद लुईटेल र सोही ठाउँका २१ वर्षीय माईकल राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए । गम्भीर घाईते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका १८ वर्षीय खेमराज भुजेलको जिल्ला अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको हो ।
नागरिकबाट





























प्रतिक्रिया