देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ ।
यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
दाङमा विद्यार्थी चढेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु
तुलसीपुर ३ राम्रीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । ३१ जना सवार बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर–कपुरकोट सडकखण्डको राम्रीका बाटोमा ५ सय मिटर तल खोल्सामा खसेको छ। ९ जनाको मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिए ।
मेलम्ची प्रमुख ठेकेदारको धरौटी रोक्का नगर्न अदालतको अल्पकालीन आदेश
उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजना निर्माणको प्रमुख ठेकेदारको धरौटी तत्काल जफत नगर्न अल्पकालीन आदेश दिएको छ । टाट पल्टेर भाग्न खोजेको इटालियन कम्पनी सिएमसीको अढाई अर्ब धरौटी तत्काल जफत नगर्न उच्च अदालत पाटनले अल्पकालीन आदेश दिएको हो ।
गुन्डा नाइके दीपक मनाङ्गेलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
गुन्डा नाइके राजिव गुरुङ (दीपक मनाङ्गे) लाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चले मनाङबाट निर्वाचित प्रदेशसभा सांसद मनाङ्गेलाई जेलबाहिरबाटै मुद्दा लड्न पाउने गरी थुनामुक्त गर्न आदेश दिएको हो ।
नेपाली खेलाडी ठकुरीद्वारा तेस्रो विश्व कीर्तिमान कायम (भिडियोसहित)
पाली कराते खेलाडी उज्जवल शर्मा ठकुरीले तेस्रोपटक गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा आफ्नो नाम दर्ता गरेका छन् । ठकुरीले तेस्रो विश्व रेकर्डका रूपमा अमेरिकी राज्य ओहायोको टोलेडो सहरमा आयोजित एक कार्यक्रममा ‘एउटै खुट्टाले तीन मिनेटमा २२६ पटक घुँडा प्रहार’ (The most full contact knee strikes -226- in three minutes by one leg) गरेर आफ्नो नाम गिनिजबुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गरेका हुन् ।
सुशीला कार्कीको फैसलाविरूद्ध पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा सर्वोच्च अदालतमा
पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहले दाइजोमा पाएको सम्पत्ति नेपाल ट्रष्टको नाममा हुने गरि गरेको फैसला विरूद्ध सर्वोच्च अदालतमा रिट हालेकी छन् । आफ्नो मुद्दालाई संवैधानिक इजलासबाट नहेरी पूर्ण इजलासबाट हेरिएको जिकिर गर्दै प्रेरणाले सर्वोच्च अदालतमा रिट हालेकी हुन् ।
निलम ढुंगाना भन्छिन्, ‘निर्मलाका हत्यारा १/२ दिनमा पत्ता लाग्थ्यो’ (भिडियोमा)
निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको ५ महिना पुरा भईसकेको छ । प्रहरीलाई उनका हत्यारा पत्ता लगाउन फलामको चिउरा चपाउनु जस्तै भएको छ । प्रारम्भिक अनुसन्धानकर्ताहरुले विभिन्न प्रमाणहरु नष्ट गरेको अवस्थामा प्रहरी हत्यारासम्म पुग्न नसकिरहेको हो । लामो समयवितिसक्दा पनि अपराधी पत्ता लाग्न नसकिरहेको अवस्थामा जनमानसमा आक्रोश बढ्दो ।
रक्तस्राव नरोकिएपछि २ लाखमा हेलिकप्टर चार्टर गरेर सुत्केरीको उद्दार
रक्तस्राव नरोकिएपछि जाजरकोट भेरी नगरपालिका– ३ की प्रतिभा थापाको जहाज चार्टर गरेर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज ल्याइएको छ । चार दिनअघि भेरी अञ्चल अस्पतालमा छोराको जन्म दिएकी भेरी नगरपालिका– ३ की प्रतिभा थापाको रक्तस्राव नरोकिएपछि तारा एयरलाइन्सको जहाजमार्फत रुकुमको चौरजहारीबाट आज बिहान नेपालगञ्ज ल्याइएको उनका श्रीमान् पदम थापाले जानकारी दिए ।
बिग ब्यास लिगमा सन्दीपको शानदार डेब्यू, एकै ओभरमा २ विकेट
नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेले बिग ब्यास लिगमा शानदार डेब्यू गरेका छन् । मेलबर्न स्टार्सले सिड्नी थन्डर्सविरुद्ध खेल्दा डेब्यू गरेका सन्दीपले दुई विकेट लिएका छन् । आठौं ओभरमा बलिङ गरेका सन्दीपले दोस्रो बलमा नै शेन वाट्सनको विकेट लिए ।
ताप्लेजुङमा श्रीमतीलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ
श्रीमतीमाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–२ आम्बेगुदिनस्थित २० वर्षीया युवतीले आफ्नै २४ वर्षीय श्रीमानविरुद्ध बलात्कारको मुद्दा दायर गरेकी थिईन् ।
नेकपा बैठकमा नेताहरुको प्रश्न, डेढ अर्बको हेलिकोप्टर किन चढ्नुपर्यो ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेताहरुले उठाएको प्रश्नको जवाफ अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले आईतबार दिने भएका छन् । आजको बैठकमा स्थायी समितिका ७ जना नेताहरुले अध्यक्षद्वयको प्रतिवेदनमाथि आ आफ्नो धारणा राखेका थिए।





























प्रतिक्रिया