काठमाडौं । गुन्डा नाइके राजिव गुरुङ (दीपक मनाङ्गे) लाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चले मनाङबाट निर्वाचित प्रदेशसभा सांसद मनाङ्गेलाई जेलबाहिरबाटै मुद्दा लड्न पाउने गरी थुनामुक्त गर्न आदेश दिएको हो ।
अदालतको आदेशसँगै मनाङे थुनामुक्त भएका छन् । मनाङ्गे ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए । उनलाई ७ वैशाखमा काठमाडौं प्रहरी परिसरको टोलीले स्वयम्भूबाट पक्राउ गरेको थियो ।
गत माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । त्यसपछि उनी फरार रहेका थिए । उनले प्रदेशसभा सदस्यको सपथ पनि लिन पाएका छैनन् । दीपक मनाङ्गेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई खुकुरी प्रहार गरेको थियो ।
त्यही घटनामा प्रहरीले उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेपनि जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनाएको थियो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिएको थियो । त्यो फैसला उल्टाउँदै पुनरावेदन अदालत पाटनले ०६९ मा ज्यानमुद्दा ठहर गर्दै मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो ।































प्रतिक्रिया