नेपाल एयरलाइन्सले चैतभित्रै चीन र जापानमा उडान शुरू गर्ने

नेपाल एयरलाइन्सले चैतभित्रै चीन र जापानमा उडान शुरू गर्ने


काठमाडौं । नेपाल एयरलाइन्सले आगामी वैशाखसम्म जापान, कोरिया, चीन र साउदी अरेवियामा उडान सुरु गर्ने भएको छ । त्यसको लागि आवश्यक तयारी भईरहेको नेपाल एयरलाइन्सले जनाएको छ ।

पहिलो चरणमा जापान र चीनमा उडान गर्ने तयारी अन्तिम चरणमा पुगेको एयरलाइन्सका अध्यक्ष मदन खरेलले जानकारी दिए।

फागुन मध्यसम्म जापानको ओसाकामा उडान गर्नेगरी तयारी भएको उनको भनाई छ । त्यस्तै चैतसम्म चीनको ग्वान्जाउ सहरमा उडान गरिनेछ ।

असारमै पहिलो एयरबस वाइडबडी ए ३३० जहाज आए पनि नयाँ गन्तव्य नपाउँदा नेपाल एयरलाइन्सले छोटो दुरीमा उडान गर्दै आएको छ ।

Logo