पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको बुधबार दिउँसो ३ बजे पशुपति क्षेत्रमा रहेको विद्युतीय शब दाह गृहमा अन्त्येष्टि गरिने भएको छ । उनको मंगलबार बिहान आफ्नै निवास बूढानीलकण्ठमा निधन भएको थियो ।
कलेजोको क्यान्सरले पीडित पूर्व प्रधानमन्त्री गिरीलाई भैंसेपाटीस्थित मेडिसिटी अस्पतालबाट घर लगिएको थियो । उनी पञ्चायत कालमा पटकपटक प्रधानमन्त्री भएका थिए । पछिल्लो पटक पूर्वराजा ज्ञानेन्द्र शाहले शाहीकाल लगाउँदा उनी मन्त्रिपरिषदका उपाध्यक्ष भएका थिए ।
श्रीमती साराह योन्जनसँग विवाह गरेपछि उनले इसाई धर्ममा आस्था राख्दै आएका थिए । तर उनको दाहसंस्कार भने हिन्दू संस्कार अनुसार गर्न लागिएको छ ।





























प्रतिक्रिया