खेलाडीहरुले वार्षिक कति कमाए भनेर अध्ययन गर्ने मिडिया संस्था स्पोर्टिकोले सन् २०२४ मा सर्वाधिक कमाउने १०० खेलाडीको लिष्ट सार्वजनिक गरेको छ।
४० भन्दा बढी खेलकुद क्षेत्रका मानिसहरुसँग अन्तर्वार्ता लिएर स्पोर्टिकोले उक्त लिष्ट सार्वजनिक गरेको हो। सार्वजनिक लिष्टको शिर्ष १० भित्र विश्व फुटबलको महानतम खेलाडीहरुको बोलबाला रहेको छ । जहाँ शिर्ष १० मध्ये ५ जना खेलाडी फुटबलतर्फका छन् भने स्पोर्टिकोका अनुसार वर्ष २०२४ मा सर्वाधिक कमाई गर्ने पहिलो खेलाडी अरु कोही नभएर विश्व फुटबलका महान खेलाडी तथा पाँच पटकका बालोन डी’ओर विजेता क्रिष्टियानो रोनाल्डो हुन् ।
स्पोर्टिकोका अनुसार रोनाल्डोले साउदी क्लब अल नासरबाट पाएको तलब, विज्ञापन, स्पोन्सरसिप, इन्डोस्मेन्ट र पर्फमेन्स बोनसलगायत विभिन्न शिर्षकमा गतवर्ष २६० मिलियन डलर कमाएका थिए ।
यसैगरी वर्ष २०२४ मा सर्वाधिक कमाउने खेलाडीको दोस्रो स्थानमा अमेरिकन बास्केटबल प्लेयर स्टेफेन करी परेका छन् । स्टेफेन करीले हाल गोल्डेन स्टेट वारियर्सका लागि बास्केटबल खेलिरहेका छन् । स्पोर्टिकोका अनुसार स्टेफेनले गत वर्ष १५३.८ मिलियन डलर कमाएका थिए । स्टेफेनले भन्दा रोनाल्डो गत वर्ष एक् सय मिलियन बढी कमाई गरेका थिए ।
यस्तै वर्ष २०२४ मा सर्वाधिक कमाउने तेस्रो खेलाडी बक्सिङतर्फका टाइसन फ्युरी परेका छन् । स्पोर्टिको रिपोर्ट अनुसार फ्युरीले बक्सिङमार्फत अघिल्लो वर्ष १४७ मिलियन डलर कमाई गरेका छन् । टायसनले सन् २०२४ मा ओलेक्जेन्डर उसिकविरुद्ध आफ्नो व्यवसायिक करिअरको अन्तिम बक्सिङ खेलेका थिए ।
यसैगरी वर्ष २०२४ मा सर्वाधिक कमाई गर्ने चौथो खेलाडी अर्जेन्टाइन सुपर स्टार तथा विश्व विजेता लियोनल मेसी अटाएका छन् । स्पोर्टिको रिपोर्ट अनुसार मेसीले गतवर्ष १३५ मिलियन डलर कमाई गरेका थिए । यो रकम भनेको शिर्ष स्थानको रोनाल्डो भन्दा १३५ मिलियनले कम हो अर्थात गतवर्ष मेसीले रोनाल्डो भन्दा १३५ मिलियन कम कमाई गरेका थिए ।
सर्वाधिक कमाई गर्ने पाँचऔं खेलाडी बास्केटबलका सुपरस्टार लेब्रोन जेम्स परेका छन् । जेम्सले गतवर्ष १३३.२ मिलियन डलर कमाई रहेको जानकारी स्पोर्टिको रिपोर्टमा उल्लेख छ ।
यसैगरी सर्वाधिक कमाई गर्ने ६औं खेलाडीका रुपमा हालै साउदी क्लब अल हिलालबाट विदा भएर आफ्नै घरेलु क्लब सान्तोसमा फर्किएका ब्राजिलियन सुपरस्टार नेयमार जुनियर अटाएका छन् ।
स्पोर्टिको रिपोर्ट अनुसार नेयमारले गतवर्ष १३३ मिलियन डलर कमाएका थिए । यसैगरी ७औं नंबरमा बक्सिङका ओलेक्जेन्डर उसिक अटाएका छन् । ओलेक्जेन्डरले गतवर्ष १२२ मिलियन डलर कमाएको स्पोर्टिले जनाएको छ । यसका साथैं ८औं र ९औं स्थानमा फुटबलका दुई स्टारर अटाएका छन् ।
स्पोर्टिकोको रिपोर्ट अनुसार ८औं र ९औं स्थान सुरक्षित गर्न सफल दुबै खेलाडी फ्रान्सका स्टार केलियन एमबापे र करिम बेन्जिमा हुन् । बेन्जिमाले अघिल्लो वर्ष ११६ मिलियन कमाउँदा एमबापेले ११० मिलियन कमाएको रिपोर्ट स्पोर्टिकोले सार्वजनिक गरेको छ ।
त्यसैगरी सर्वाधिक कमाउने १०औं नंबरमा स्पेनिस गल्फर जोन रहम अटाएका छन् । जोनले अघिल्लो वर्ष १०५.८ मिलियन डलर कमाएको रिपोर्टमा उल्लेख छ । यसका साथैं ११औं नंबरमा गल्फका स्कटी शेफ्लर, १२, १३ र १४औं नंबरमा बास्केटबलका प्लेयर डाक प्रेस्कट, जियानिस एन्टेटोकोउन्म्पो र केभिन डुरान्ट अटाएका छन् ।





























प्रतिक्रिया