श्रीयोग डटकमले रोजगारीको अवसर जुटाइदिएको हो । "/>

अब बेरोजगारहरुलाई श्रीयोग डटकमले रोजगारीको अवसर जुटाइदिने

अब बेरोजगारहरुलाई श्रीयोग डटकमले रोजगारीको अवसर जुटाइदिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अब बेरोजगारहरुलाई श्रीयोग डटकमले रोजगारीको अवसर दिने भएको छ । बेरोजगारहरुलाई सीप र अनुभवको उचित प्रयोगमा गरेर श्रीयोग डटकमले रोजगारीको अवसर जुटाइदिएको हो ।

प्रकाश इन्फोशिसमार्फत २०६४ सालदेखि सूचना प्रविधि सम्वन्धी विभिन्‍न सेवा प्रदान गर्दै श्रीयोगले ७८ पेशामा रोजगारी जुटाइ दिएको हो।

अनलाइनमा पेशासँग सम्बन्धित व्यक्तिहरुको नाम, सम्पर्क नम्बर तथा ठेगाना, समूह अनुसार राखेर पार्टटाईम काम गर्ने मौका जुटाइ दिएको श्रीयोगका संस्थापक प्रकाश उप्रेतीले जानकारी दिए ।

जन्मेको बच्चादेखि लिएर ९९ वर्षको बृद्धले समेत श्रीयोग डट कमबाट सुबिधा लिन सक्नेछन् । बच्चाका लागि ‘हामी सञ्जु दिदी (काल्पनिक नाम) लाई बच्चा हेर्ने काम दिन सकिन्छ भने ९९ वर्षको बृद्धका लागि केयर टेकरको काम दिन सकिने उप्रेतीको भनाई छ ।

वेबसाइट, मोबाइल एप्स, टोलफ्री नम्बर, एसएमएसका मध्यमबाट प्रबिधिको प्रयोग गरी सीप र रोजगारी लिन सकिनेछ । काम गर्ने सीप भएका, सीपको तालिम लिएका, कामको खोजीमा नेपालमै केही गर्ने कि विदेश जाने कि के गर्ने भनी अलमल्ल परेका व्यक्तिहरु साथै विदेशमा बस्ने व्यक्तिहरुलाई सीप अनुसार विभाजन गरेर कामको लागि काम खोजिदिने अवसर यो डिजिटल प्लेटफर्मले प्रदान गर्ने उनको भनाई छ ।

नेपालका मुख्य ५० सहरहरुमा १०० समूहमा १०० व्यक्तिलाई राखेर ५ लाख व्यक्तिलाई रोजगारी दिने यसको उद्देश्य रहेको छ । सीप भएका तथा काम गर्न चाहने व्यक्तिहरुको सीपको पहिचान गरी उनीहरुलाई सही ठाँउमा पुर्‍याई कामको अवसर प्रदान गरी देशमा बढ्दै गरेको बेरोजगारीको समस्यालाई समाधान गर्ने आफ्नो योजना रहेको उनको भनाई छ ।

Logo