पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधन

पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधन

केन्द्रबिन्दु
0
Shares

पूर्व प्रधानमन्त्री तथा तत्कालिन मन्त्रिपरिषदका उपाध्यक्ष डा‍‍ तुलसी गिरीको निधन भएको छ ।

आज बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा उनको निधन भएको परिवारले जनाएको छ । राजाको प्रत्यक्ष शासनको समयमा उनी मन्त्रिपरिषदको उपाध्यक्ष बनेका थिए ।

उनले नेपाली कांग्रेसबाट राजनीति सुरु गरे पनि राजा महेन्द्रले २०१७ पुष १ गते जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालामाथी कु गर्दै पञ्चायती शासन थालेपछि उनले राजालाई साथ दिएका थिए ।

पञ्चायत अघि नेपाली कांग्रेसको सरकारमा मन्त्री समेत रहेका गिरी कांग्रेसको महामन्त्री समेत भएका थिए । उनी लामो समय देखि कलेजोको क्यान्सरका बिरामी थिए । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

Logo