विषाक्त रक्सी खाँदा रुकुममा तीनजनाको मृत्यु

विषाक्त रक्सी खाँदा रुकुममा तीनजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

रुकुम । रुकुम पश्चिममा विषाक्त रक्सी खाँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका– ९ मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका– ११ लहुँ भलाक्चाका ५४ वर्षीय कमानसिंह सार्की र मुसिकोट नगरपालिका १२ नयाँ गाउँका २१ वर्षीय पलबहादुर विक रहेका छन् ।

मृतकले ओरेञ्ज नाम लेखिएको बजारमा पाइने रक्सी खाएर सुतेको र त्यही रक्सीकै कारण मृत्यु भएको प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

मुसिकोट नगरपालिका–१२ जुम्लावाङको एक विवाहमा सहभागी हुन आएका उनीहरु सोही ठाउँमै रक्सी सेवन गरी बेलुका सकुशल सुतेकोमा बिहान मृत अवस्थामा फेला परेका थिए ।

उनीहरुसँगै सुतेका अन्य दुईजना भने सकुशल छन् । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक खड्कासहित जिल्ला अस्पतालका चिकित्सककोे टोली घटनास्थल पुगेको थियोे ।

Logo