निर्मलाका बाबु यज्ञराज डिस्चार्ज, भोलि महेन्द्रनगर फर्किदैं

निर्मलाका बाबु यज्ञराज डिस्चार्ज, भोलि महेन्द्रनगर फर्किदैं

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । झण्डै एक महिना लामो उपचारपछि निर्मला पन्तका बाबुलाई डिस्चार्ज गरिएको छ । छोरीको न्यायको लागि धर्नामा बसेका बेला बर्बराउने, कराउने, अनावश्यक गालीगलौजमा उत्रिन थालेपछि मंसिर ९ गते उपचारको लागि काठमाडौं ल्याईएको थियो ।

उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको थियो । स्वास्थ्य अवस्थामा सुधार आएपछि निर्मलाका बाबु यज्ञराज पन्तलाई डिस्चार्ज गरिएको हो ।

बलात्कारपछि हत्या गरिएकी छोरी निर्मलाको न्यायको लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्नामा बसिरहेका बेला उनमा मानसिक समस्या देखिएको थियो ।

गत साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी निर्मला साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुवारीमा फेला परेको थियो ।

छोरीको हत्यारालाई न्यायको माग गर्दै निर्मलाका बाबु, आमा, घरपरिवार, आफन्त, स्थानीय तथा अधिकारकर्मीहरु आन्दोलनमा छन् । हत्या भएको पाँच महिना वितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन् ।

उनी सोमबार महेन्द्रनगर फर्किनेछन् । महेन्द्रनर फर्किएर छोरीको न्यायको आन्दोलनमा होमिने यज्ञराजको भनाई छ । ‘छोरीको न्यायको लागि अन्तिम लडाई सम्म लड्न निको भएर घर फर्किदैंछु’ उनले भने ।

तस्बिरः खेम सुबेदीको फेसबुकबाट । रातो घेरामा निर्मलाका बाबु ।

Logo