घ्याङडाँडा मिनीट्रक दुर्घटनामा ज्यान गुमाएका १८ जनाको सामूहिक अन्त्येष्टि

घ्याङडाँडा मिनीट्रक दुर्घटनामा ज्यान गुमाएका १८ जनाको सामूहिक अन्त्येष्टि

केन्द्रबिन्दु
0
Shares

नुवाकोट । दुप्चेश्वर गाउँपालिका १ घ्याङडाँडामा शुक्रबार भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएका मध्ये १८ जनाको आइतबार सामूहिक अन्त्यष्टि गरिँदैछ । दुर्घटनामा ज्यान गुमाएकाको शव पहिचान गरी शनिबार आफन्तलाई जिम्मा लगाएपछि आइतबार सामूहिक अन्त्येष्टि गर्न लागिएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए ।

दुर्घटनामा ज्यान गुमाएका रितेश पण्डितको शनिबारनै अन्तिम संस्कार गरिएको र एकजनाको शव काठमाडौंमा रहेकाले बाँकी १८ जनाको बौद्ध परम्परानुसार घ्याङडाँडामा अन्त्येष्टि गर्न लागिएको तामाङले जानकारी दिए ।

अन्तिम सस्कारका लागि गाउँपालिकाले प्रत्येक परिवारलाई १० हजार रुपैयाँ सहयोग गरेको छ । शुक्रबार नुवाकोटको घ्याङफेदीमा मिनिट्रक दुर्घटना हुँदा २० जनाको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका १५ जनाको काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

Logo