नेपालबाट हराएको ३३ किलो सुन भारतमा बरामद !

नेपालबाट हराएको ३३ किलो सुन भारतमा बरामद !

केन्द्रबिन्दु
0
Shares

भारतको  कलकत्तामा ३३ किलो सुन बरामद भएको छ। सुन सहित हेमप्रसाद शर्मा र राकेश प्रसाद नाम भएका दुई जना पनि पक्राउ परेका छन्।  उनीहरुको स्थायी घर धरान र इटहरी भएको बुझिएको छ।

सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट पास गराएपछि  ३३ किलो सुन हराएको थियो। सुन तस्करी छानविन समितिका संयोजक सह–सचिव ईश्वरराज पौडेलले कलकत्ता प्रहरीले बरामद गरेको सुन नेपालबाटै हराएको सुन हुन् सक्ने अनुमान गरेका छन्।

पक्राउ परेका दुवै जना धरान र इटहरीकै बासिन्दा भन्ने सुचना आएकाले बरामद भएको सुन नेपालबाट हराएकै सुन हुनुपर्ने उनले प्रारम्भिक अनुमान गरेका हुन् ।  तर यो त्यही सुन हो वा होइन भन्ने कुरा पुष्टि हुन् बाकी रहेको बताए।

२०७४ माघ ९ गते फ्लाई दुबईको विमानबाट आएको ३३ किलो सुन विमानस्थल कटाएर अर्को व्यक्तिलाई बुझाउने क्रममा हराएको थियो। यही प्रकरणको अनुसन्धान गर्न बनेको छानबिन समितिले ९ प्रहरी अधिकारीसहित ६३ जना भन्दा बढीविरुद्ध जिल्ला अदालत मोरङमा मुद्धा दायर गरेको थियो । मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ ९० पैसा बराबरको विगो दाबी गरिएको थियो।

यो प्रकरणको बारेमा बिस्तृत थाहा पाउन यो समाचारहरु पढ्न सक्नु हुन्छ 

गोरेका सहयोगी वेनु श्रेष्ठलाई मोरङ लगिँदै

गोरेले बयानमा कसलाई पोले, कसलाई जोगाए ?

सुन तस्करी प्रकरण : गोरेको बयान लम्बियो

‘गोरे’को बयान आज पनि जारी

गोरेसँग कनेक्सन भएका अर्का व्यक्ति पक्राउ

सुन तस्करी काण्डले लियो नयाँ मोडः गोरे मोरङ प्रहरी हिरासतमा

Exclusive: पक्राउपर्नु अघि ‘गोरे’ले यस्तो निवेदन लेखेका थिए (बक्तब्य सहित)

३८ क्वीन्टल सुन तस्करीका पूर्वडिआईजी गोविन्द निरौला पनि छुटे

कहाँ छन् साँढे ३३ किलो सुन तस्करीका ठूला माछा ?

पाँच वर्षमा चार सय २१ पटक सुन तस्करी

३३ केजी सुन प्रकरण नयाँ मोडमाः शव लुकाउन २ करोडको बार्गेनिङ !

Logo