विराटनगर । भारत लैजादैं गरेको अवस्थामा एक किशोरीको उद्धार गरिएको छ । ‘साना हातहरु’ नामको संस्थाको सहायतामा सीमा प्रहरी चौकी विराटनगरले ताप्लेजुङको तेल्लोक घर भएकी १९ वर्षीया किशोरीको उद्दार गरिएको हो ।
प्रहरीले ति किशोरीलाई ललाईफकाई भारत लैजाँदै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । भारतको जोगवनी नजिकै विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले महोत्तरीको बर्दिवास नगरपालिका–६ का १९ वर्षीय ओमप्रसाद सुवेदीलाई पक्राउ गरेको हो ।
युवतीलाई उद्धार गरेर साना हातहरु नामको संस्थाले आफ्नै संरक्षणमा राखिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए ।





























प्रतिक्रिया