केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

गृहमन्त्रीको उद्घोषदेखि किसानको ऋण मिनाहासम्म

गृहमन्त्रीको उद्घोषदेखि किसानको ऋण मिनाहासम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

सरकारले साना किसानको २९ करोड भन्दा बढी बैंक ऋण मिनाहा गर्‍यो

सरकारले साना किसानहरुको बैंक ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरिएको सरकार प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

जन्ती बोकेको जीप दुर्घटनाः दुलही भित्र्याउनुपर्ने घरबाट शव निकालियो !

बाँकेको समशेरगञ्जस्थित ओभरी गाउँ शोकमा डुबेको छ । बिहेको उत्सवमा रम्नुपर्ने ओभरी गाउँ दुलाहाका बाबुआमासहित ६ जनाको मृत्युभएपछि शोकमा डुबेको हो । बिहीबार बिहानै भएको दुर्घटनामा परी चितवनबाट दुलही ल्याएर फर्कदै गर्दा दुलाहाका बाबुआमा र आफन्तसहित ६ जनाको मृत्यु भएको हो ।

कांग्रेसको महत्वपूर्ण १५ धारणा

नेपाली कांग्रेसको महासमिति बैठक आगामी मंसिर २८ गतेदेखि शुरु हुँदैछ । राजनीतिक प्रस्ताव मस्यौदा समितिका संयोजक विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव पेश गरिसकेका छन् । प्रस्तावनामा पार्टीको विगत, वर्तमान र भविष्यको कार्यदिशाहरु समेटिएका छन् । उक्त प्रदिबेदनमार्फत कांग्रेसले आफ्नो राजनीतिक यात्रालाई स्पष्ट पारेको छ ।

नेपाली राजनीतिमा कांग्रेसको योगदान र आगामी दिनहरुमा चाल्ने कदमहरु समेत प्रतिबेदनमा उल्लेख छ । यसका साथै सरकार, अन्य राजनीतिक पार्टी, नेता कार्यकर्ता, शुभेच्छुक संघ तथा सर्वसाधारणहरु प्रति कांग्रेसको धारणाहरु प्रतिबेदनमार्फत सार्वजनिक गरिएको छ ।

खोकना र बुङमतीबासीलाई मुआब्जा बढाउन सकिन्न- गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले काठमाडौं–निजगढ द्रुतमार्गमा पर्ने जग्गाहरुको मुआब्जा बढाउन नसकिने बताएका छन् । बिहिबार संघीय संसद राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले राज्यले तय गरेको मापदण्ड अनुसारनै खोकना र बुङमतीको जग्गाको पनि मुआब्जा वितरण गरिएको उल्लेख गर्दै त्यसमा पुनर्विचार गर्न नसकिने बताएका हुन् ।

सरकारले साना किसानको २९ करोड भन्दा बढी बैंक ऋण मिनाहा गर्‍यो

सरकारले साना किसानहरुको बैंक ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरिएको सरकार प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

विवेकशील साझाकी प्रदेश ३ संयोजकलाई कारवाही गर्न सिफारिस

विवेकशील साझा पार्टीकी प्रदेश ३ संयोजक समीक्षा बास्कोटामाथि कारवाही गर्न सिफारिस गरिएको छ । अनुशासन विपरीत आचरण गरेको भन्दै उनीमाथि आन्तरिक कारवाही सिफारिस गरिएको हो ।

केन्द्रीय सदस्य किशोर थापा प्रमुख रहेको पार्टीको स्वायत्त न्याय तथा सुशासन आयोगले गत श्रावण १८ र १९ गतेका घटनामाथि गरेको अनुसन्धानपछि दिएको प्रतिवेदनमा उनीमाथि कारवाही सिफारिस गरिएको हो ।

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सर्वसम्मत सिफारिस

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस गरेको छ । बिहीबार विहान बसेको परिषद बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश जबरालाई प्रधानन्यायाधीशमा सर्वसम्मत सिफारिस गरेको हो । न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि जबरासँगै दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । तर, यसअघि नै संसदीय समितिबाट अस्वीकृत भएका थिए ।

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सरस्वतीद्वारा एनआरटी पराजित

शहीद स्मारक ‘ए’ डिभिजनफुटबल अन्तर्गत आजदेखि शुरु भएको आठौँ चरणको पहिलो खेलमा सरस्वती युवा क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा सरस्वती युवा क्बलले न्यूरोड टिम (एनआरटी) लाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । पहिलो हाफमा गोलरहित बराबरीमा टुङ्गिएको खेलमा दोस्रो हाफमा सरस्वतीले निर्णायक गोल ग¥यो ।

“युपीएफलाई नेपालमा प्रतिबन्ध लगाउ”- गगन थापा

कांग्रेसको महासमिति बैठक सर्यो

‘फास्टट्रायकको डिपीआर माघको दोश्रो साता’- रक्षामन्त्री पोखरेल

बाढीका कारण १३ जनाको मृत्यु, १ लाख पशुपक्षी बगायो

मिस वर्ल्डको क्रममा नेपाली भोटले गर्दा भएको रोचक तथ्य

स्वदेश फर्किदै श्रृंखलाले भनिन्, ‘मिस वर्ल्डको ताज नतिजे पनि करोडौं नेपालीको मन जितेकी छुँ’

 

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo