हेटौंडा ।
हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनाको माग गर्दै आइतबार हेटौंडामा र्याली निकालिएको छ । २०४७ को संविधान पुनः स्थापना अभियानको अगुवाइमा र्याली निकालिएको हो ।
हेटौंडाको हुप्राचौरबाट निस्किएको र्याली हेटौंडा बजार परिक्रमा गर्दै सीमा चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
देशव्यापी अभियानको क्रममा राजतन्त्र तथा हिन्दू राष्ट्रको लागि र्याली आयोजना गरिएको अभियानका संयोजक किशोरी महतोले बताए ।
र्यालीमा राप्रपा, शिव सेना नेपाल, नेपाल हिन्दु समाज लगायतमा आबद्ध व्यक्तिको सहभागिता रहेको थियो।
र्यालीमा सहभागिले राजा आऊ देश बचाऊ, २०४७ सालको संविधान पुर्नस्थापना गर, गणतन्त्र खारेज गर लगायतका नारा लगाएका थिए । विगतका केही दिनदेखि देशका विभिन्न ठाउँमा राजा र राजतन्त्रको समर्थनमा र्याली जुलुस निकालिंदै आएको छ ।अन्नपूर्णबाट





























प्रतिक्रिया