डिजेल चुहावट र चोरीमा निगम नेतृत्व मूकदर्शक

डिजेल चुहावट र चोरीमा निगम नेतृत्व मूकदर्शक

केन्द्रबिन्दु
0
Shares

विराटनगर

नेपाल आयल निगमको विराटनगर डिपोमा चार महिना अवधिमा करिब डेढ करोड रुपैयाँको डिजेल चुहावट र ट्यांकरबाट तेल चोरी हुँदा निगम नेतृत्व मूक दर्शक बनेको छ । विवादित छवि भएका निगमका विराटनगर डिपो प्रमुख दिनेश यादवलाई कारबाही गर्न सञ्चालक समिति सदस्यले कुरा उठाए पनि कारबाही प्रक्रिया अघि बढेको छैन ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट डिजेल ल्याउँदा डिपोकै कर्मचारीको मिलेमतोमा २५ सय लिटर तेल चोरी भएको थियो । निगम छानबिन समितिले तयार गरेको प्रतिवेदनमा ‘मिलेमतोमा डिजेल चोरी’ भएको प्रतिवेदन पेस गरे पनि निगम नेतृत्व मौन बसेको छ ।

गत वर्षको तुलनामा दोब्बर बढी प्राविधिक नोक्सानी (चुहावट) हुँदा पनि डिपो प्रमुखलाई कारबाही नगर्नुले व्यवस्थापनको समेत मिलेमतो हुन सक्ने निगम सञ्चालक समितिका एक सदस्यले बताए । ‘डिपो प्रमुखलाई कारबाही गर्नुपर्छ भनेर बैठकमा कुरा उठायौं,’ ती सदस्यले भने, ‘तर करोडौंको चुहावट र तेल चोरी हुँदा पनि नेतृत्व मूकदर्शक बनेको छ ।’

ट्यांकरमा लक लगाएपछि चुहावट नियन्त्रण हुनुपर्ने भए पनि गतवर्षको तुलनामा घाटा दोब्बर बढेको छ । गत वर्ष कात्तिकसम्म डिजेलको प्राविधिक नोक्सानी (चुहावट) ०.१९ प्रतिशत रहेकोमा अहिले बढेर ०.४१ पुगेको छ ।
नागरिकबाट

Logo