बुधबार बिहान प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठक बस्यो। बैठकमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज खरिद प्रकरण प्रस्तावमाथि छलफल हुँदा उपसमिति गठन गरेर छानविन गर्ने बिषयमा सांसदहरुबीच सहमति जुट्यो ।
लगतै लेखा समितिका सभापति भरत शाहले उपसमितिको संयोजकमा हृदयश त्रिपाठीलाई प्रस्ताव गरे । उनले प्रस्ताव राख्ने बित्तिकै त्रिपाठीले ‘नो’ भने। उनले संयोजक नबस्ने अडान लिएपछि डा. मिनेन्द्र रिजाललाई संयोजक बस्न प्रस्ताव गरियो । रिजालले पनि व्यस्ततालाई देखेर पन्छिए। दुवै सांसदले संयोजक बस्न इन्कार गरेपछि पालो आयो सांसद राजेन्द्र केसीको ।
केसी भने संयोजक बन्न राजी भए । केसीको नेतृत्वमा उपसमिति गठन भयो । समितिमा कृष्णलाल महर्जन, प्रेम आले, धर्मशिला चापागाइ, मीना सुब्बा लगायत रहेका छन्। उपसमितिले १५ दिनभित्र वाइडबडी खरिद सम्बन्धमा उठेका विषयसहितको प्रतिवेदन तयार पारेर समितिलाई बुझाउनेछ ।
पद भन्ने बित्तिकै मरिहत्ते गर्ने नेताहरुले लेखा समितिकै उपसमितिको संयोजक बस्न इन्कार गर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
नेपाल एयरलाइन्सले खरिद गरेको वाइड बडी विमानमा करिब ६ अर्ब भ्रष्ट्राचार भएको भन्दै बिभिन्न तहबाट छानविन भैरहेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले गरेको अध्ययनले वाइडबडी विमान खरिद गर्दा नेपाल वायुसेवा निगमले गरेको सम्झौता ऐनविपरीत रहेको औंल्याएको थियो ।
गत साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले लेखा समितिलाई जवाफ दिंदै यस बिषयमा महालेखा परीक्षकको प्रतिवेदनबारे छलफल चलिरहेको बताएका थिए । उनले घोटाला काण्डको छानबिन गर्न वायु सेवा निगमलाई नै जिम्मा दिइएको पनि बताएका थिए ।
यो पनि





























प्रतिक्रिया