काठमाडौंमा आज (बिहिबार) बिहान अत्याधिक चिसो महशुस भएको छ । बिहान काठमाडौंको तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेकाले चिसो बढेको हो। यो तापक्रम यस वर्षकै सबै भन्दा कम जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गत मङ्सिर २ गते ६ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम त्यसयता बढेको थियो । बुधबार फेरि ६ डिग्री मापन गरिएको तापक्रम बिहीबार यो वर्षकै कम ५ दशमलव ६ डिग्रीमा झरेको हो ।
जुम्लाको तापक्रम हिजो माइनस ४ डिग्री मापन गरिएको छ । विहीबार पहाडी भूभागको मौसममा बदली भए पनि अरु ठाउँको मौसम भने सामान्यतया सफा रहने मौसमविद्को अनुमान छ ।
हिमाली र उच्च पहाडी क्षेत्रमा भने हिमपात हुन सक्ने जनाएको छ ।





























प्रतिक्रिया