कालिकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई कालिकोटमा ५० किलोको फूलको माला लगाईएको छ ।
नेकपा कालिकोटले आयोजना गरेको जनसभामा सहभागी हुन गृहजिल्ला पुगेका प्रवक्ता प्रकाण्डलाई सहिद परिवारले ५० किलोको माला लगाईदिएका हुन् ।
कार्यक्रममा सहिद परिवारले अबिर लगाउँदै गर्दा प्रकाण्डकी बहिनी जैपुरा बिक भक्कानिएकी थिइन्। धेरै समयपछि दाजुलाई भेटाउँदा छातिमा टाउको राखेर उनी मञ्चमै भक्कानिएकी हुन्।
बहिनी जैपुरा सानो छोरासहित मञ्चमा पुगेकी थिइन् । बहिनी रुन थालेपछि दाजु प्रकाण्डसँगै अन्य नेता तथा कार्यकर्ता भावुक बनेका थिए ।





























प्रतिक्रिया