बाँदरको आक्रमणबाट महिला गम्भीर घाइते

बाँदरको आक्रमणबाट महिला गम्भीर घाइते

केन्द्रबिन्दु
0
Shares

पर्वतको जलजला गाउँपालिका–७ धाइरिङस्थित घाहाखेतमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् ।

स्थानीय ४० वर्षीया लक्ष्मी जैसी मङ्गलबार बाँदरको आक्रमणबाट घाइते भएकी हुन् । घरभित्र अन्नपात खानका लागि पसेका बाँदर लखेट्ने क्रममा उनलाई बाँदरले आक्रमण गरेको हो । जैसीको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचार भइरहेको स्थानीयवासी झलक आचार्यले जानकारी दिए ।

बाँदरले दुःख दिन थालेपछि स्थानीयवासीले बाँदर नियन्त्रणका लागि प्रशासन र स्थानीय गाउँपालिलाई गुहार्दै आएका छन् ।

Skip This
Skip This
Logo