गत साउन १० गते बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तको न्यायका लागि राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ऐक्यबद्धता जनाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चपुरको गेटमा प्लेकार्ड सहित कलाकारहरु प्रदर्शनमा उत्रेका हुन् ।
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कारबाही नगरिएको भन्दै तत्काल दोषिलाइ पक्राउ गरि सार्वजनिक गर्न माग गरेको छ । न्यायको लागि आज सम्म भएका सबै आन्दोलन हरुमा सरिक हुदै आएको मात्र नभई कलाकार हरुले अन्यायको बिरुद्द सधै आफ्नो आवाज बुलन्द गरिरहेको बताउदै “निर्मलाको लागि न्याय” आन्दोलनमा समेत लोक तथा दोहोरि गीत प्रतिष्ठान एक्यबद्दता जनाएको केन्द्रिय अध्यक्ष बद्रि पंगेनीले बताए ।
अहिले कंचनपुर जिल्ला कार्य समितिले सुरु गरेको प्रदर्शन छिट्टै देशव्यापी हुने र प्रतिष्ठान केन्द्रिय कार्यसमिति निर्मला लगायत तमाम देश भरिमा हिंसामा परेका चेलीहरुले छिटो छरितो न्याय पाउनुपर्छ भन्ने कुरामा अडिग रहेको पंगेनीले बताए ।





























प्रतिक्रिया