कञ्चनपुर । काठमाडौँमा प्रहरी परिचालन गरेर निर्मला पन्तका पोष्टर हटाउदा महेन्द्रनगर तिनै पोष्टरले रंगिएको छ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारालाई पक्राउ गरी कारवाहीको माग गर्दै आज दिउँसो निर्मलाकी दिदी मनिषा र महिला अधिकारकर्मीको टोलीले निर्मलाको तस्विर अंकित पोष्टर महेन्द्रनगरका चोक चोकमा टाँसेका हुन् । "/>

काठमाडौँमा प्रहरीले निर्मलाका पोष्टर हटाउँदा महेन्द्रनगर पुरै रंगियो

काठमाडौँमा प्रहरीले निर्मलाका पोष्टर हटाउँदा महेन्द्रनगर पुरै रंगियो

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । काठमाडौँमा प्रहरी परिचालन गरेर निर्मला पन्तका पोष्टर हटाउदा महेन्द्रनगर तिनै पोष्टरले रंगिएको छ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारालाई पक्राउ गरी कारवाहीको माग गर्दै आज दिउँसो निर्मलाकी दिदी मनिषा र महिला अधिकारकर्मीको टोलीले निर्मलाको तस्विर अंकित पोष्टर महेन्द्रनगरका चोक चोकमा टाँसेका हुन् ।

गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर अंकित पोस्टर काठमाडौँका अधिकांश सार्वजनिक स्थलमा टाँगिएपछि ओलीकै तस्बिर मुनि बुधबार राति टासिएका निर्मलाका तस्बिर प्रहरीले बिहीबार दिउँसो हटाएको हो ।

गृह मन्त्रालयको निर्देशनपछि निर्मलाका पोस्टर प्रहरीले हटाएको थियो । पोस्टर टास्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । तर महेन्द्रनगरका चोक चोकमा सरकार भेटियो न्याय भेटिएन उल्लेख गरेको निर्मलाको तस्विर अंकित पोष्टर टासिएका हुन्।

Logo