हाई फ्लार्इ लेख्छ – दुवै जहाज हाम्रा : वाइडबडी प्रकरण

हाई फ्लार्इ लेख्छ – दुवै जहाज हाम्रा : वाइडबडी प्रकरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल एयरलाइन्सले ल्याएका दुवै वाइडबडी विमानको स्वामित्व हाई फ्लाई एयरलाइन्सले आफ्नो देखाएको छ । उसको वेब साइटमा ‘हाम्रा जहाज’ शीर्षकको सूची अन्तर्गत म्यानिफेक्चरर्स सिरियल नम्बर (एमएसएन) १८७२ र १८७८ का ए ३३०-२४३ पनि समावेश छन् ।

नेपाल एयरलाइन्सले हाई फ्लाईसँगै ती जहाज किनेको दाबी गर्दै आएको छ । उसले भने आफ्नो भनिरहेको छ । बेचिसकेकालाई कसैले ‘मेरो’ भन्दैन । बेचेपछि सम्बन्धै सकिन्छ । तर हाई फ्लाईको स्वामित्वमा रहेका जहाजको सूचीमा राखिनुले दुवै गम्भीर सन्देह खडा गराएको छ ।

नेपाल एयरलाइन्सका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले केही दिन अघि नागरिक उड्डयन प्राधिकरणले दिएको दर्ता प्रमाणपत्र सार्वजनिक गरेका थिए । त्यसलाई हेरेर ‘स्वामित्व नेपाल एयरलाइन्सकै’ भन्ने धेरैलाई भ्रम प¥यो । कतिले हतारिएर भने÷लेखे पनि । तर उनले सार्वजनिक गरेको प्रमाणपत्र आधा मात्र थियो । हस्ताक्षर भन्दा तलको भाग त्यसमा च्वाट्टै काटिएको थियो ।

प्रमाणपत्रको पुछारमा ‘नोट’ लेखिएको छ, ‘यो प्रमाणपत्र दर्ता प्रक्रियाका लागि मात्र जारी गरिएको हो । यो स्वामित्व (टाइटल) को प्रमाणपत्र होइन । प्राधिकरणले व्यक्तिहरूबीचको स्वामित्वको अधिकार निर्धारण गर्दैन ।’ प्रमाणपत्रमा ‘स्वामित्व हस्तान्तरण’ शीर्षक खाली राखिएको छ ।
अन्नपूर्णबाट

Logo