काठमाडौँ

प्रदेश ५ सरकारको कार्यशैलीप्रति सत्तारुढ दलकै सांसदहरूले चर्को आलोचना गरेका छन् । "/>

सत्तापक्षका सांसदबाटै सरकारको आलोचना : प्रदेश नं. ५

सत्तापक्षका सांसदबाटै सरकारको आलोचना : प्रदेश नं. ५

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रदेश ५ सरकारको कार्यशैलीप्रति सत्तारुढ दलकै सांसदहरूले चर्को आलोचना गरेका छन् । सरकारको काम सुस्त गतिमा भएको भन्दै सांसदहरूले प्रदेश मामिला तथा कानुन समितिको बैठकमा चर्को आलोचना गरेका हुन् ।

मंगलबार प्रदेश कानुन मस्यौदा तथा सुझाब आयोगसँग कानुन निर्माण सम्बन्धमा भएका प्रगतिबारे भएको छलफलमा सांसदले सरकार र आयोगको काम प्रभावकारी नभएको भन्दै आलोचना गरेका हुन् । उनीहरूले जनताको अपेक्षा पूरा गर्न विकासको गति तीव्र बनाउन ध्यानाकर्षण समेत गरे ।

बैठकमा कानुन आयोगका सदस्य विष्णु पोखरेलले प्रगति विवरण प्रस्तुत गरेसँगै सांसदहरूले असन्तुष्टि पोखे । सांसद भोजप्रसाद श्रेष्ठले सुशासनसँग जोडिएका कानुन निर्माणमा चासो नगएको, अनियमितता रोक्ने कानुन, सहकारी ऐन, मौलिक हकसँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर कानुन निर्माणमा ध्यान नगएको भन्दै आलोचना गरे ।

‘कानुन आयोगले सरकारले दिएका मात्रै कानुन बनाउने होइन, आयोग सल्लाहकार पनि हो, आयोगले दिएको मात्रै काम गर्ने, नत्र आराम गर्ने गर्नु भएन, क्रियाशील बन्नुपर्छ, काठमाडौं केन्द्रित बसाइ भए जस्तै छ, यो राम्रो पक्ष होइन,’ श्रेष्ठले भने ।
नयाँ पत्रिकाबाट

Logo