काठमाडौं । सामसङ नेपालले ‘नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार” अफर ल्याएको छ । नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै सामसङका सामान किन्ने सोच बनाएका र प्रयोगकर्ताहरूका लागि सो अफर सार्वजनिक गरेको हो ।
स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर तथा माइक्रोवेभहरू लगायत आफ्नो अप्लाएन्सहरुमा विशेष छुट, उपहार र सजिलो इएमआई सुविधा सहित यो अफर ल्याएको बताइएको छ । ग्राहकहरूको परिवारलाई स्मार्ट कनेक्सन भएको घरमा सहज र आधुनिक जीवनशैलीको अनुभव गराउने कम्पनीले बताएको छ ।
यस अफरमा सामसङको लगातार १९ वर्षसम्म विश्वको नम्बर १ टिभी ब्रान्डको उपाधि कायम राखेको टिभी लाइन–अप समावेश छ । चुनित ५५ इन्च वा सो भन्दा माथिका टिभीहरूको खरिदमा १२ महिनासम्म वल्र्डलिंक इन्टरनेट र नेटटिभी सेवा पनि निःशुल्क पाइने छ ।
साथै, पुराना अप्लाएन्स एक्सचेन्ज गरेर५५ इन्च यूए६५डीयू७७००आरएसएई, ६५ इन्च यूए८५बीयू८०००आरएक्सएचई, ८५ इन्च यूए८५बीयू८००आरएक्सएचई वा ८५ इन्च यूए८५सीयू८००आरएसएचई मोडेलका युएचडी टिभीको खरिद गर्दा ८ हजारसम्म एक्सचेन्ज बोनस उपलब्ध हुनेछ । यी सबै टिभीमा ३ वर्षको वारेन्टी दिइएको छ ।
त्यसैगरी, सामसङको नवीनतम बिस्पोक एआई रेफ्रिजरेटर र वाशिङ मेसिनपनि यस अफरमा समावेश छन् । ९ केजीबिस्पोक एआई फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा १ लिटर सर्फ एक्सेल लिक्विड र १२ केजीबिस्पोक एआई फ्रन्ट लोड वाशिङ मेसिनको साथ ६ केजीको सर्फ एक्सेलम्यातिक फ्रीमा पाइने छ ।
साथै, रेफ्रिजरेटरको डीआईटी कम्प्रेसर र वाशिङ मेसिनको डीआईटी मोटरमा २० वर्षको वारेन्टी रहेको छ । हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको सामसङको इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले ० प्रतिशत ब्याजदरमा १२ महिनासम्म र टिभीका लागि १८ महिनासम्म, तिर्न सकिने ईएमआई र सजिलो डाउनपेमेन्टको साथ सजिलै खरिद गर्न सक्नेछन् ।
निःशुल्क होम इन्स्टलेसन सेवापनिउपलब्ध छ र सामसङको एक्सचेन्ज पार्टनरबाट पुराना उपकरण एक्सचेन्ज गर्दा चुनित सामसङका अप्लाएन्सहरूमा ८ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनससमेत पाइने छ ।
सामसङको नेपालका लागि आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक रिसेलर त्रिवेणी व्यापार प्राइभेट लिमिटेडद्वारा डिलर नेटवर्क प्यान नेपालभर उपलब्ध गराइएको यो अफरमा ग्राहकहरूले आफ्नो पुरानो उपकरण एक्सचेन्ज गरी नयाँ सामसङका टिभी तथा होम एप्लायन्स खरिद गर्दा उत्कृष्ट मूल्यमा प्राप्त गर्न सक्ने बताइएको छ ।





























प्रतिक्रिया