काठमाडौँ
एक वर्ष अघि प्रहरीले बरामद गरेको ८८ केजी सुन तस्करी आरोपी विरुद्धको सुनुवाइ सुरु भएको छ । जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासमा सोमबारबाट मुद्दाको सुनुवाइ सुरु भएको हो । सुनुवाइ नसकिएपछि उक्त मुद्दालाई हेर्दाहेर्दै सूचीमा राखिएको छ ।
जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेको सुनको अवैध कारोबार मुद्दाको ११ पटक पेसी तोकेर स्थगित भएको थियो । यसअघि थुनछेक आदेशमा सुन तस्करी प्रकरणमा मुछिएका चारजना धरौटीमा रिहा भइसकेका छन् । सुन तस्करी मुद्दामा तीन चिनियाँ नागरिकसहित १३ जनालाई प्रतिवादी बनाएर प्रहरीले एक वर्ष अघि जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको थियो ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया