२३ असार २०७९ बिहीबार
1
1
1
1

0 Shares

त्रिवि विश्वविद्यालय भित्रै क्रिश्चियन धर्मबारे प्रचार, ६ जना पक्राउ

1
1
1
1

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भित्रै क्रिश्चियन धर्मबारे प्रचार प्रसार भईरहेको पाईएको छ । ग्रामिण क्षेत्र, आर्थिक विपन्न वर्गमा लक्षित धर्म परिवर्तन तथा प्रचार अब विश्वविद्यालयमै देखिएको हो ।

सरसफाईको नाममा त्रिवि वातावरण विज्ञानका विद्यार्थीहरुलाई क्रिश्चियन धर्मबारे प्रचार प्रसार गरिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुले विद्यार्थीलाई जबरजस्ती धर्मबारे प्रचार गरिरहेका थिए । उनीहरुले त्रिविलाई परमेश्वरको मण्डली विश्वविद्यालय नामाकरण गरेका थिए । पक्राउ पर्नेहरुमा वातावरण विज्ञानका एचओडी रोजिना मास्के लगायत रहेका छन् ।

भदौ १ देखि लागू भएको नयाँ कानुनले व्यक्तिको सहमतिविना जबरजस्ती धर्म परिवर्तन गराउने जोकोहीलाई पाँच वर्ष कैद हुने व्यवस्था लागू भएको छ ।

मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन र फौजदारी कसुर ऐन २०७४ ले ‘कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिनुहुँदैन । दोषी प्रमाण भयो भने कसुर गर्ने वा गराउने व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार रुपियाँसम्म जरिवाना हुनेछ ।’

यदि पीडक वा दोषी विदेशी भए त्यस्तो व्यक्तिलाई कैद भुक्तान गरेको सात दिनभित्र नेपाल बाहिर पठाउनुपर्ने ऐनमा प्रावधान छ ।

धार्मिक रीतिस्थितिमा बाधा पुर्‍याएको ठहरिएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

कसैले कुनै जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक आस्था वा धर्मको घृणा गर्ने वा अपमान गर्ने नियतले धार्मिक पूजा, मशानघाट वा चिहानलार्इ क्षति पुर्‍याए कसुर गर्ने वा गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवानको व्यवस्था गरिएको छ ।

प्रकाशित: २२ मंसिर २०७५ १३:४६ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी