युवा स्वरोजगार कोषको चरम दुरुपयोग भएको खबर सार्वजनिक भएपछि नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले चर्काे आलोचना गरेका छन् । "/>

‘नयाँ सूदखोर जन्माउनलाई स्वरोजगार कोष ल्याएको होइन’- बाबुराम भट्टराई

‘नयाँ सूदखोर जन्माउनलाई स्वरोजगार कोष ल्याएको होइन’- बाबुराम भट्टराई

केन्द्रबिन्दु
0
Shares

युवा स्वरोजगार कोषको चरम दुरुपयोग भएको खबर सार्वजनिक भएपछि नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले चर्काे आलोचना गरेका छन् । नेता भट्टराईले युवा वेरोजगारी अन्त्य गर्ने उद्धेश्यसहित स्वरोजगार कोषको स्थापना गरेको भन्दै कोषको सदुपयोग गर्न सरकारसँग् आग्रह गरेका छन् ।

भट्टराईले शुक्रवार सामाजिक सञ्जाल ट्विटरमा आफ्ना धारणा राख्दै आसेपासे पोस्न र नयाँ सूदखोर जन्माउनका लागि स्वरोजगार कोषको स्थापना गरेको नभई वेरोजगारी अन्त्य गर्न कोष सञ्चालन गरेको बताएका हुन् । भट्टराई अर्थमन्त्री भएको बेला यो कोषको सुरुवात भएको थियो । उनले आफ्नो सन्तानलाई कसैले अंगभंग पारेको हेर्नुपर्दा ठूलो पीडाबोध हुने रहेछ भन्दै चिन्ता व्यक्त गरेका छन् ।

‘आफ्नो सन्तानलाई कसैले अंगभंग पारेको हेर्नुपर्दा ठूलो पीडाबोध हुनेरहेछ ! स्वरोजगार कोषको स्थापना युवा वेरोजगारी अन्त्य गर्न विना धितो र परियोजना बनिसकेपछि फिर्ता दिने गरी अतिन्यून ब्याजदरमा कर्जा प्रवाह गर्न भएको हो। आसेपासे पोस्न र नयाँ सूदखोर जन्माउन हैन ! यसको उपचार र जीवनरक्षा होस् । ’ भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

विभिन्न सहकारीहरुले स्वरोजगार कोषबाट रकम ल्याएर गाउँगाउँमा चर्काे ब्याज असुलिरहेका छन् । स्वरोजगार कोषबाट ५ प्रतिशत ब्याजमा रकम लिने सहकारीले विपन्न किसानबाट १३.५ प्रतिशतसम्म ब्याज लिँदै आएको खुलेको छ ।

कतिपय सहकारीहरुले ब्याजमा करिव तीन गुणा नाफासहित विभिन्न शुल्कहरु समेत असुल्दै आएका छन् । कतिपय संस्थाले भने तालिम र गोष्ठी संचालनका नाममा समेत रकम दुरुपयोग गरेको पाइएको छ । खास यो कोषको रकम सहकारीहरुले बिनाधितो बेराजगारका लागि स्वरोजगार र स्वावलम्बीका निम्ति खर्च गर्नुपर्ने थियो ।

युवा तथा स्वरोजगार कोषले अहिलेसम्म ५५ हजार ३ सय ३३ जना स्वरोजगार भएको जनाएको छ।  यस्तो कर्जा आर्थिक रूपले पिछडिएका विपन्न वर्ग, महिला, दलित, आदिवासी, जनजाति, द्वन्द्वपीडित, अपाङ्ग, घाइते परिवार एव युवा तथा परम्परागत सीप भएका जातजातिहरूलाई व्यावसायिक खेती, कृषिजन्य उद्योग वा सेवामूलक स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सहुलियत ब्याजदरमा प्रदान गर्नुपर्ने छ । कर्जाबापत् प्रतिव्यक्ति बेरोजगार युवालाई अधिकतम दुई लाख रुपैया र २५ जनाको प्रत्येक समूहलाई अधिकतम ५० लाख रुपैया प्रदान गरिने व्यवस्था छ ।

Skip This
Skip This
Logo