एजेन्सी । एक दुर्लभ पिंक लेगेसी हिरा ५० मिलियन डलरमा बिक्री भएको छ । अर्थात यसको नेपाली रुपैयाँ ५ अर्ब ७८ करोड ४७ लाख पर्न आउँछ । गुलाबी रंगको हिराको प्रति क्यारेट मूल्यको हिसाबले यो एक विश्व रेकर्ड हो ।
पिंक लिगेसी हिरा १९ क्यारेटको हो । यो हिरा जेनेभामा एक लिलामीमा अमेरिकी लक्जरी ज्वैलर्स ह्यारी विंस्टनले किनेका थिए । क्रिस्टीन लिलामी हाउसका प्रमुखले, ‘यो हीराको प्रति क्यारेट मूल्य करिब १९ करोड रुपैयाँ हो,’ जुन एक विश्व रेकर्ड भएको बताए । यो हीरा लिलामीमा केवल पाँच मिनेट भित्र खरिद गरिएको थियो ।
पहिले, नोभेम्बर २०१७ मा १५ क्यारेटको ‘पिंक प्राँमिस’ हिरा ३.२५ करोड डलरमा लिलामी भएको थियो । यो पनि क्रिस्टीजले बेचेको थियो । पिंक लिगेसीको लिलामी भन्दा पहिले गुलाबी हिराको लागि सबैभन्दा बढी बोली थियो ।
ह्यारी विंस्टन डायमन्ड ज्वैलरी र लग्जरी घडीको व्यापार गर्ने एक प्रसिद्ध अमेरिकन कम्पनी हो । सन् २०१३ मा स्विट्जरल्याण्डको घडी निर्माता कम्पनी स्विचले यसलाई १ अर्ब डलरमा किनेको थियो ।































प्रतिक्रिया