सरकारले भाटभटेनी सुपरमार्केटका यी बस्तुको बिक्रीमा लगायो रोक (भिडियोसहित)

सरकारले भाटभटेनी सुपरमार्केटका यी बस्तुको बिक्रीमा लगायो रोक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

सरकारले भाटभटेनी सुपरमार्केटबाट भईरहेको दुधजन्य खाद्य बस्तु विक्रीवितरणमा रोक लगाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले हालै दिउँसो महाराजगंजस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि दुधजन्य खाद्य बस्तु बिक्रीवितरण नगर्न निर्देशन दिएको हो । भाटभटेनी सुपर मार्केटबाट विक्री हुने दुधजन्य खाद्य बस्तु गुणस्तरहिन भएको पाइएपछि त्यसलाई रोक लगाइएको विभागका महानिर्देशक संजीवकुमार कर्णले जानकारी दिए ।

तिहारमा अत्याधिक बिक्री वितरण हुने काठमाडौंको मिठाई पसल अनुगमनको कामलाई तीब्रता दिँदै आएको विभागले बुधबार अत्याधिक बिक्री वितरण हुने महाराजगंजस्थित भाटभटेनी सुपरमार्केटको खाद्य स्टोरको खाद्य बस्तुको पनि परिक्षण गरेको हो । परिक्षणमा दुधजन्य बस्तु गुणस्तरहिन पाइएको थियो ।

यसैगरी विभागले बुधबार तीन वटा मिठाई पसलमा पनि अनुगमन गरेको छ । महाराजगंजस्थित टिपटप मिठाई पसल र गौशालास्थित अन्नपूर्ण मिठाई भण्डार र व्यञ्जन मिष्ठान भण्डारको पनि अनुगमन गरेको हो ।

अनुगमनका क्रममा तीन वटै मिठाई पसलमा तेलको गुणस्तरमा सुधार गर्न सचेत गराइएको छ । रङको प्रयोग सन्तोषजनक रहेको पाइएपनि खाद्य बस्तुमा तेलको गुणस्तरमा सुधार ल्याउन पनि मिठाई पसलहरुलाई सचेत गराइएको पनि विभागका महानिर्देशक कर्णले बताए ।

Logo