काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्ने ऐनको मस्यौदा मन्त्रिपरिषदमा पठाएको छ । "/>

स्थानीयतह कर्मचारी समायोजन ऐनको मस्यौदा मन्त्रिपरिषदमा

स्थानीयतह कर्मचारी समायोजन ऐनको मस्यौदा मन्त्रिपरिषदमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्ने ऐनको मस्यौदा मन्त्रिपरिषदमा पठाएको छ । संसद् नभएको अवस्थामा सरकारले अध्यादेशबाट समायोजन ऐन ल्याउने तयारी गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानुन र अर्थ मन्त्रालयको सहमतिपछि ऐनको मस्यौदा विधेयकको रूपमा मन्त्रिपरिषदमा दर्ता गराएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । मन्त्रालयले नयाँ ऐन आएसँगै कर्मचारी समायोजनमा रहेका अप्ठेराहरू हट्ने र चाँडै नै संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीहरूको समायोजन हुने विश्वास लिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता भएको विधेयकमा स्थानीय तह, प्रदेश र संघमा क्रमशः कर्मचारी समायोजन गर्ने प्रस्ताव छ । यस्तै स्थानीय तह र प्रदेशमा समायोजन गर्ने आधार र मापदण्ड समेत समेटिएको छ ।
नयाँ पत्रिकाबाट

Logo