काठमाडौँ
कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार ( आज ) सय दिन पूरा भएको छ । अपराधी पत्ता लगाउन नसक्दा आलोचना खेप्दै आएको सरकारले सय दिन पूरा हुँदा पनि आलोचना खेपिरहेको छ ।
गत १० साउनमा घरबाट होमवर्क गर्न भन्दै साथीको घर पुगेकी निर्मलाको ११ गते उखुबारीमा शव भेटिएको थियो । शव भेटिएसँगै सरकारले बनाएको एउटा उच्चस्तरीय सहित ७ वटा अनुसन्धान टोलीले कुनै नतिजा दिन नसकेपछि सरकारको आलोचना चुलिएको हो ।
सामाजिक अभियन्ताले निर्मलाको न्याय माग्दै सडकमा आन्दोलनका कार्यक्रम गर्दै आएको थियो । अभियन्ताले आन्दोलनलाई निरन्तरता दिँदै र उनको सम्झनामा शुक्रबार ललितपुरस्थित पाटनको कृष्ण मन्दिरमा दीप प्रज्वलन गर्ने आयोजना गरेको छ । यसअघि सडक र्याली, कविता वाचन, अनसन लगायत दबाबमूलक कार्यक्रम गर्दै आएका अभियन्ताहरुले साँझ ५ बजे कार्यक्रम गर्ने भएका हुन् ।
छानबिन टोली ७ पुग्यो, निश्कर्ष शून्य
गत १० साउनमा निर्मलाको बलात्कारपछि हत्या भयो । घटनाको भोलिपल्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान गर्न टोली बनायो र खटायो । इन्स्पेक्टर एकिन्द्र खड्काको टोलीले अनुसन्धान गर्न भन्दै डेढ सय भन्दा बढी स्थानीयलाई जिल्ला प्रहरी कार्यलयमा बोलाएर सोधपुछ गर्यो ।
प्रहरीले थप अनुसन्धान गर्न भन्दै जीवन घर्ती, दीपक नेगी, चक्र बडू, हेमन्ती भट्टलाई पक्राउ गरेर शारीरिक र मानसिक यातना दियो । यसै समयमा फेला परेसम्मका प्रमाण नष्ट गर्दै गयो । अनुसन्धानमा कमजोरी भएको भन्दै खड्का निलम्बितमा परे ।
यसैविच अनुसन्धानको टोलीले बालिका पन्त बलात्कारपछि हत्याको परिणाम देखाउन नसकेर आलोचना खेपिरहँदा सरकारले सय दिन पुग्नै लाग्दा घटना भएको आसपासका सयौँको डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । घटनास्थल आसपास बस्ने व्यक्ति देखि निर्मलाका आफन्त समेत डिएनए परीक्षणमा तानिने भएको प्रहरीले जनाएको छ ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया