महोत्तरी । छिमेकीको पत्नीसँग अवैध यौनसम्बन्ध राखेको आरोपमा एक युवालाई गाउँलेले मोसो दलेर गाउँ घुमाएका छन् । एकडारा गाउँपालिका—१ का दीलिप मण्डललाई गाउँलेले मोसो दलेर गाउँ घुमाएका हुन् । पाँच सयको संख्यामा उपस्थित भएका गाउँलेले कपाल काटी मोसो दलेर जुत्ताचप्पलको माला लगाएर गाउँ घुमाएका हुन् ।
उनले छिमेकी महिलासँग अनैतिक सम्बध राखेको र पटक पटक सम्झाउँदा पनि नटेरेपछि समाजिक दण्ड दिइएको एकडारा गाउँपालिका–१ का वडा अध्यक्ष रहेमान रेजा अनसारीले जानकारी दिए ।
घरमा घेरा हाली निकालेर कपाल काट्नुका साथै अनुहारमा चुना र कालो टीका लगाएर गाउँ घुमाइएको थियो । अवैध यौनसम्बन्धपछि ति महिला महिला गर्भवती रहेकोे गाउँलेले बताएका छन् ।





























प्रतिक्रिया