काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष सरदकुमार गौचनको हत्यामा संलग्न ३ जना पक्राउ परेका छन । महानगरीय अपराध महाशाखाले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी गौचनको हत्यामा संलग्न लोप्साङ तामाङ, रोशन बुढाथोकी र अम्बर बहादुर रानालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
झापाको काँकडभिट्टामा लुकीछिपी बस्दै आएका तीनै जना फरारलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।





























प्रतिक्रिया