शरद गौचन हत्याका संलग्न थप तीन जना पक्राउ

शरद गौचन हत्याका संलग्न थप तीन जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रहरीले व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न थप तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अमर रानामगर, लोप्साङ लामा र रोशन बुढाथोकीलाई सोमबार कोटेश्वरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार अभियूक्त अमर रानामगर नै शरदका मूख्य सूटर थिए । 

यसअघि जिल्ला अदालत काठमाडौँले निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्यामा संलग्न नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइसकेको छ । अदालतले गौचनको हत्याका मुख्य नाइके समिरमानसिंह बस्नेतसहित हत्यामा संलग्न राजीव स्याङ्तान, शिवजी महतो कमकर, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी, बसन्त थेवे, धनराज योङहाङ र सूर्यबहादुर बाजीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । 

गौचनको गत असोज २३ गते बानेश्वरमा गोली हानी हत्या भएको थियो ।

Logo