काठमाडौँ
म्हेपीको एक घरमा जुवाको खालबाट प्रहरीले नै पैसा लुटेको आरोप लागेको छ । प्रहरी बिट म्हेपीमा कार्यरत असई विचित्र थापामगरले जुवाको खालबाट पाँच लाख लुटेको आरोप लागेको हो ।
घटना महानगरीय प्रहरी परिसर टेकु सम्म पुगिसकेको छ । सोमबार राति म्हेपीस्थित रेर्डन कलेज नजिक एक घरमा जुवा खेलिरहेका बेला थापाको टोलीले छापा मारी खालबाट १७ लाख रुपैयाँ बरामद गरेको र पछि बार्गेनिङ चल्दा पाँच लाख रुपैयाँ थापा आफैंले लिएर १२ लाख मात्र फिर्ता दिएको पीडितहरूले जनाएका छन् ।
परिसर प्रमुख एसएसपी बसन्त कुमार लामाले घटनाबारे आफू्सम्म कुरा आइसकेकाले थप अनुसन्धान गर्ने र थापा दोषी देखिए कारबाही गर्ने बताए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया