रौतहट । रौतहटमा एक किशोरी सामूहिक बलात्कारको शिकार बनेकी छन् । दशैंको अवसरमा मेला हेर्न गएकी गुजरा नगरपालिकाकी १७ वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार भएकी हुन् । "/>

मेला हेर्न गएकी किशोरीमाथि नहरको डिलमा लगेर सामूहिक बलात्कार

मेला हेर्न गएकी किशोरीमाथि नहरको डिलमा लगेर सामूहिक बलात्कार

केन्द्रबिन्दु
0
Shares

रौतहट । रौतहटमा एक किशोरी सामूहिक बलात्कारको शिकार बनेकी छन् । दशैंको अवसरमा मेला हेर्न गएकी गुजरा नगरपालिकाकी १७ वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार भएकी हुन् । पीडित युवतीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएकी छन् ।

आइतबार राति मेला हेर्न जाँदा छिमेकी युवकहरुले मोटरसाइकलमा राखेर घर पुर्‍याइदिने भन्दै नहरको डिलमा लगेर बलात्कार गरेका पिडित किशोरीले दिएको उजुरीमा उल्लेख गरिएको छ ।

नहरको डिलमा तीन जनाले बलात्कार गरेको उनले प्रहरीसामू बताएकी छन् । घटनामा संलग्न रहेका तीनै जना फरार छन् । घटनामा संलग्नहरुको खोजी भइरहेको र पीडित किशोरीको मेडिकल जाँच गरिएको प्रहरीले जनाएको छ ।

Logo