कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यू हटाएको छ ।

आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । "/>

कर्फ्यू १२ बजेसम्मका लागि हटाइयो, जनजीवन सामान्य

कर्फ्यू १२ बजेसम्मका लागि हटाइयो, जनजीवन सामान्य

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यू हटाएको छ ।

आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको थियो ।

कर्फ्यू हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ । शनिबारदेखि बढेको विवाद आजदेखि सामान्य बनेको हो । कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो ।
प्रशासनले कर्फ्यू कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर–१ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फ्यू लगाउने निर्णय गरेको थियो ।

Logo