नवलपरासी

नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३७ जना गम्भीर घाइते भएका छन् । "/>

बस दुर्घटनामा ६ जनाको मृत्यु : ३७ जना घाइते

बस दुर्घटनामा ६ जनाको मृत्यु : ३७ जना घाइते

केन्द्रबिन्दु
0
Shares

नवलपरासी

नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३७ जना गम्भीर घाइते भएका छन् । बसमा करिब ६० यात्रु सवार रहेको प्रहरीको अनुमान छ । सुनसरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस आज बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार ६ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ । गम्भीर घाइते ३७ जनाको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा मोरङ सुन्दरहरैया–१२ का ११ वर्षीय सुहन कार्की, सुनसरी घर भइ जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कार्यरत ३२ वर्षीय अब्दुल अन्सारी, भोजपुर हतुवागढी गाउँपालिकाका २७ वर्षीय रामजित राई, गुल्मी हस्तचौर गाउँपालिका–२ घर भई मोरङ लेटाङमा नेपाली सेनामा कार्यरत ३५ वर्षीय तीलक विष्ट र भारत बिहार श्रीनगरका विधानन्द यादव रहेको पूर्वी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक जनाको पहिचान हुन सकेको छैन ।

बस दुर्घटनाको मुख्य कारण चालकको लापरवाही भएको प्रहरीले जनाएको छ ।

 

 

Logo