काठमाडौँदेखि गाल्वातर्फ जादैँ गरेको बस खाँडादेवी–३ भीरपानीको सार्की पँधेरोमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । "/>

बस दुर्घटनामा एकको मृत्यु २९ घाइते

बस दुर्घटनामा एकको मृत्यु २९ घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौँदेखि गाल्वातर्फ जादैँ गरेको बस खाँडादेवी–३ भीरपानीको सार्की पँधेरोमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

दशँै मनाउन गाउँ फर्कदै गरेका मानिसहरु बोकेको बा ३ख ४६७५ नं को बस आज दिउँसो ३ बजेतिर दुर्घटना हुँदा १३ वर्षीया बालिकाको मृत्यु भएको हो । बालिकाको सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शेख अदालतका अनुसार गाडी सडकबाट करीब ५० मिटर तल खसेको छ । घाइतेहरूको सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको भरोसा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । सो दुर्घटनामा १२ जना गम्भीर घाइते भएका छन् । विपरीत दिशाबाट आइरहेको गाडीलाई ठाउँ दिने क्रममा दुर्घटना भएको प्रहरीले आशङ्का गरेको छ । रासस

Logo