बनेपा, २९ असोज (रासस)
सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा दोलखा सैलुङ गाउँपालिका–७ का ३५ वर्षीय सोनाम लामा, उहाँकी श्रीमती ३० वर्षीया बिमला लामा र १२ वर्षीय छोरा मनिष लामा रहेको छ । सोनामको धुलिखेल अस्पताल तथा बिमला र मनिषको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
काठमाडौँबाट पूर्वतर्फ गइरहेको बा७५प १९४९ नंको स्कुटर र विपरीत दिशाबाट आइरहेको बिआर ३२जे३४७५ नंको स्कार्पियो बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–११ स्थित कालढुङ्गामा आज बिहान एकापसमा ठोक्किँदा स्कुटरमा सवार तीनै जना गम्भीर घाइते भई उपचारका क्रममा उनीहरुको मृत्यु भएको उहाँले बताउनुभयो ।
स्कार्पियो र सोका चालक जनकपुर उपमहानगरपालिका–४ का विक्रु ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेकोे प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो ।





























प्रतिक्रिया