काठमाडौं

साबिकको बागमती अञ्चलमा दुईपाङ्ग्रे सवारी दर्ता यातायात व्यवस्था नियमावली २०१४ मा भएको प्रावधानका कारण रोकियो । "/>

वागमती अञ्चलमा मोटरसाइकल दर्ता थप जटिल बन्दै

वागमती अञ्चलमा मोटरसाइकल दर्ता थप जटिल बन्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

साबिकको बागमती अञ्चलमा दुईपाङ्ग्रे सवारी दर्ता यातायात व्यवस्था नियमावली २०१४ मा भएको प्रावधानका कारण रोकियो । उक्त समस्या समाधानका लागि यातायात व्यवस्था विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कानुन मन्त्रालयको राय सहित नियमावली संशोधनका लागि मन्त्रिपरिषदमा पेश गर्यो । तर प्रधामन्त्री केपी शर्मा ओलीले संघीय संविधानले अञ्चल संरचना नचिन्ने भनेपछि नियमावली संशोधन हुन सकेन र साबिक बागमती अञ्चलमा नयाँ मोटरसाइकल दर्ता थप जटिल बनेको हो ।

हालसम्म सबै यातायात कार्यालयहरू साबिक अञ्चल संरचनामै चलिरहेका छन् भने यातायातसँग सम्बन्धित सबै सफ्टवेयर र कोडहरू अञ्चल संरचनामै आधारित छन् । प्रधानमन्त्रीले भने जस्तो तत्काल प्रदेश संरचनामा सवारी दर्ता असम्भव रहेको मन्त्रालयका एक सहसचिवले बताए । “प्रधानमन्त्रीले अञ्चल संरचना चिन्दिनँ, प्रदेश अनुसार कानुन बनाएर ल्याउनुस् भन्नु भयो, उहाँको कुरा स्वभाविक पनि हो,” ती अधिकारीले भने, “तर सवारी दर्तामा एकरूपता ल्याउन र प्रदेश अनुसार तत्काल सवारी दर्ताको व्यवस्था गर्न धेरै जटिलता छ ।” त्यसका लागि हालको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ नै संशोधन गर्नुपर्ने उनले बताए ।

“प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नेले गलत गर्यो वा उहाँले बुझ्नु भएन थाहा भएन तर जसले गम्भीर समस्या निम्त्याएको छ, विभागीय मन्त्री नहुनु र ब्रिफिङ कमजोर हुनुले दसैंको मुखमा उपभोक्ताले समस्या झेल्नु परेको छ,” प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले भने, “तत्कालका लागि संघीय यातायात कानुन बनाउन असम्भव भएकाले पुरानै नियमावलीलाई संशोधन गरेर बाधा अड्काउ फुकाउन उचित हुन्छ ।”

यसले दसैंको बेला नयाँ दुईपाङ्ग्रे सवारी दर्ता गर्न चाहनेले अन्य अञ्चलमा जानुपर्ने अवस्था छ । त्यस्तै कार्यालयले सेवा प्रवाह समेत गर्न सकेको छैन । यसले व्यवसायी तथा उपभोक्तालाई अतिरिक्त भार समेत थप्ने साबिक सवारी तथा यातायात व्यवस्था कार्यालय बागमती मोटरसाइकलले जनाएको छ ।
कारोबारबाट

Logo