काठमाडौं ।
काठमाडौं उपत्यकामा आज ९४७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ६९२, भक्तपुरमा ६५ र ललितपुरमा १९० संक्रमित थपिएका छन् ।
यससँगै काठमाडौंमा अब ८४ हजार ५१७ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार ५८८ जना कोरोना संक्रमित छन् । ललितपुरमा १२ हजार ५७७ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख ४ हजार ६८२ पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ जना पुगेको छ । आज १ हजार ७९० जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ । आज मात्र २४ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ७९१ छ ।
आजको पिसिआर परीक्षण १० हजार ८४३ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १६ लाख ८१ हजार २९९ रहेको छ । आज १७ हजार ८५९ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।





























प्रतिक्रिया