यातायातका कर्मचारी घुससहित रंगेहात पक्राउ

यातायातका कर्मचारी घुससहित रंगेहात पक्राउ

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयका एक जना कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ । आयोगबाट खटिएको टोलीले बागमती, सवारी चालक अनुमतिपत्र, सुकेधारामा कार्यरत नायव सुव्बा नवराज पराजुलीलाई पक्राउ गरेको हो ।

उनले लिखित र प्रयोगात्मक परीक्षा पास गरिसकेका सेवाग्राहीलाई परीक्षामा फेल भएको भन्दै पास गराइदिने प्रलोभन देखाइ घुस लिएको अख्तियारले जनाएको छ । उनको साथबाट नगद ५ हजार रुपैया बरामद गरेको छ ।

Logo