दैलेख केन्द्रबिन्दु भएर भूकम्प गयो

दैलेख केन्द्रबिन्दु भएर भूकम्प गयो

केन्द्रबिन्दु
0
Shares

नेपालमा आज (शुक्रबार) भूकम्प गएको छ । पश्चिम नेपाल दैलेखको नारायण नगरपालिका १० भवानीमा दिउँसो १२ बजेर ५३ मिनेटमा ४ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का कर्णाली प्रदेश सदरमुकाम सुर्खेतलगायत आसपासका जिल्लामा महसुस गरिएको थियो । यसअघि ३ असोजमा पूर्वी रुकुमलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

२०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Logo